आज मिति २०८० असोज २९ गते सोमवार प्रदेश लोक सेवा आयोग, मधेश प्रदेशले मधेश प्रदेशका प्रदेश प्रमुख समक्ष आ.ब. २०७९/८० को चौथो वार्षिक प्रतिवेदन पेश गरेको छ । प्रदेश लोक सेवा आयोगका माननीय अध्यक्षज्यूको नेतृत्वमा आएको टोलीले प्रदेश प्रमुख माननीय हरिशंकर मिश्रज्यू समक्ष प्रदेश प्रमुखको निजी सचिवालय, जनकपुरधाममा आयोजित एक समारोहमा आफ्नो प्रतिवेदन पेश गरेको हो ।