मधेश प्रदेशको संक्षिप्त परिचय
संघीय गणतन्त्र नेपालको संविधान, २०७२ ले नेपाललाई एकात्मक राज्यप्रणालीबाट संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राष्ट्रको रूपमा संस्थागत रूपान्तरण गरेको छ । नयाँ संरचना अनुसार नेपाललाई संघ, ७ प्रदेश र ७५३ स्थानीय तहमा पुनर्संरचित गरिएको छ ।यी सातवटा प्रदेश मध्ये नेपालको मध्य पूर्वी तराईका सप्तरीदेखि पर्सासम्मका आठवटा जिल्लाहरु मिली बनेको मधेश प्रदेश नेपालको सबैभन्दा सानो प्रदेश हो । समतल भूभाग भएको यो प्रदेशले नेपालको कोशी प्रदेश र बागमती प्रदेश तथा भारतको बीचमा अवस्थित छ । मधेशी बाहुल्यता रहेको यो प्रदेशमा अत्यधिक जनघनत्व रहेको छ । यो कृषि, उद्योग, पर्यटन, भन्सारका लागि धेरै महत्वपूर्ण छ । तथापि यो जलविधुत आयोजना विहिन प्रदेश हो । यहांका प्रमुख बजारहरुमा बिरगंज, जनकपुर, राजबिराज, लाहान, मिर्चैया, जलेश्वर, बर्दिबास, मलंगवा, कैलैया, चन्र्दनिगाहपुर, सिमरा पर्दछन । अधिकार र पहिचानका लागि पटक पटक आन्दोलन भएको यो प्रदेशमा तराईका अधिकाशं जातजातिको बसोबास रहेको छ । शिक्षा, स्वास्थ्य तथा मानव विकास सुचकमा धेरै पछाडी परेको यो प्रदेश गरीबीले आक्रान्त छ ।
समथर भूभाग, धेरै जनसंख्या, उच्च प्रतिव्यक्ति आयु, प्रशस्त खेतीयोग्य जमिन, देशको कुल ग्रार्हस्थ उत्पादनमा कृषि, मत्स्यपालन र उद्योगको क्षेत्रगत योगदान बढी रहेको यस प्रदेशमा समृद्धिका धेरै सम्भावनाहरु रहेका छन् ।
- स्थापनाः असोज ३, २०७२
- राजधानीः जनकपुर
- कुल जनसंख्याः ५,४०४,१५४
- कुल क्षेत्रफलः ९६६१ बर्ग कि.मी.
- जनघनत्वः ५५९ प्रति वर्ग कि.मी.
- मानव विकास सुचांकः ०.४८५ (न्युन)
- प्रतिव्यक्ति आयः ९२२ USD
- साक्षरताः ४९.५४ %
- गरिबी : २८%
- खानेपानीमा पहुँचः ९२.५%
- विद्युतमा पहुँचः ५९.९%
- कुल गार्हस्थ उत्पादनमा योगदानः १३%
- जिल्लाहरुः सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा
- संघीय निर्वाचन क्षेत्रः ३२
- प्रदेश निर्वाचन क्षेत्रः ६४
- स्थानीय निकायः १३६ (म.न.पा. १, उप म.न.पा. ३ , न.पा. ७३)