मिति २०७८/०५/२२ गते माननीय प्रदेश प्रमुखज्यूद्वारा प्रदेश जनलोकपाल आयोगको गठन, काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको प्रदेश जनलोकपाल ऐन, २०७७ को दफा २३ को उपदफा २ बमोजिम गठित समितिको सिफारिस अनुसार प्रदेश जनलोकपाल आयोगको अध्यक्षमा श्री राम सहाय राय यादव तथा सदस्यहरुमा क्रमश श्रीमती शोभा कुमारी महतो र श्री राज किशोर प्रसाद साहलाई नियुक्त्त गर्नुभएको छ ।
