१ पुष, जनकपुरधाम । प्रदेश नं. २ मा आईतबार थप दुई वटा विधेयक प्रमाणिकरण गरिएको छ ।
प्रदेश सभाको बैठकबाट पारित गरिएको थप २ वटा विधेयकलाई प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले आईतबार प्रमाणिकरण गर्नुभएको प्रदेश प्रमुखको निजि सचिवालयले जनाएको छ ।
प्रमाणिकरण भएका ऐनहरुमा प्रदेश नम्बर दुईको प्रशासकिय कार्यविधि विधेयक २०७५ र प्रदेश नं. दुईको सार्वजनिक प्रशासनका लागि करारमा कर्मचारी भर्ना सम्बन्धि व्यवस्था गर्न बनेको बिधेयक २०७५ प्रमाणिकरण गरिएको प्रदेश प्रमुख कार्यालयका कानुन अधिकृत प्रकाश चापागाँईले बताएका छन ।
हार्दिक शुभकामना
माता जानकीको पवित्र भुमि जनकपुरधाममा हुन गईरहेको श्री सीताराम विवाह पञ्चमी महामहोत्सव २०७५ को अवसरमा प्रदेश नं. २ का साथै स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली दिदी बहिनी तथा दाजुभाइहरुमा हार्दिक मँगलमय शुभकामना व्यक्त गर्दछु ।
साथै स्वदेश तथा विदेशबाट विवाह पञ्चमी महोत्सवमा सहभागी हुन जनकपुरधाममा आउनुभएका समस्त श्रद्धालु भक्तजन तथा साधु सन्तहरुमा पनि श्रीराम जानकीले उहाँहरुको सम्पुर्ण मनोकामना पुर्ण गरुन् भनी शुभकामना व्यक्त गर्दछु ।
मिती २०७५ मंसिर २५ गते मंगलबार
……………………….
रत्नेश्वरलाल कायस्थ
प्रदेश प्रमुख
२६ कार्तिक २०७५, लहान ।
सिरहाको लहान स्थित दुर्गा मन्दिरमा मैथिली फिल्म मिशन मधेशको आज एक कार्यक्रमका बिच शुभ मुहुर्त भएको छ ।
उक्त कार्यक्रमका प्रमुख अतिथिको आसनबाट बोल्दै प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले सामाजिक कथा वस्तुमा निर्माण हुन गईरहेको उक्त फिल्मको प्रँशसा गर्नुभएको छ । उहाँले मिशन मधेश फिल्म मधेशको सामाजिक कथावस्तुलाई चित्रण गरेकाले यो फिल्म राम्रो बन्ने बिश्वास व्यक्त गर्नुभएको छ ।
सामाजिक रुपान्तरणको सहयोगमा यस फिल्मले चालेको कदममा प्रदेश सरकारले यथोचित गर्न सकिने सहयोग गर्ने पनि बताउनुभएको छ ।
उक्त कार्यक्रममा प्रथम महिला सबिता कायस्थका साथै फिल्मका नायक, नायिका, निर्देशक, निर्माता निर्मात्री र कलाकारहरुको उपस्थिति रहेको थियो ।
१० कात्तिक, २०७५ । प्रदेश नं. २ का बिद्यार्थीहरुलाई अध्ययनका लागि अन्यत्र जानु परेकोमा प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले चिन्ता व्यक्त गर्नुभएको छ ।
गुणस्तरीय शिक्षाको अभावमा स्तरीय शिक्षा पाउन नसक्दा विद्यार्थीहरु प्रदेश नं. २ बाट पलायन हुने क्रम बढिरहेको भन्दै प्रमुख कायस्थले चिन्ता व्यक्त गर्नुभएको हो । आफ्नै प्रदेशको स्कुल ,कलेजहरुमा गुणस्तरीय शिक्षा पाउन सके विद्यार्थीहरु नेपालका अन्य प्रदेश लगायत विदेशमा गएर अध्ययन गर्नुपर्ने बाध्यता हट्ने वहाँले बताउनुभएको छ । साथै यसबाट ठुलो रकम बिदेशिनबाट जोगिने पनि वहाँले धारणा राख्नुभएको छ ।
जनकपुरधाम स्थित सर्वौदय ल एण्ड म्यानेजमेण्ट स्कुलको उद्धघाटन कार्यक्रममा बोल्दै प्रदेश प्रमुख कायस्थले प्रदेशमा शिक्षा लगायत हरेक क्षेत्रका लागि यसपटक राम्रो कार्यक्रम ल्याईएकोले बिभिन्न क्षेत्रमा बिकास तथा सुधारको सम्भावनाहरु रहेको पनि बताउनुभएको छ ।
उहाँले प्रदेश नं. २ मा सर्वोदय विद्यालयद्धारा सँचालन हुने ल को अध्ययन अध्यापनका लागि बिद्यालयका सँस्थापक ब्रजेन्द्र मिश्रलाई शुभकामना तथा बधाई समेत दिनुभएको छ ।
त्यस्तै, मुख्य न्यायाधिवक्ता दिपेन्द्र झा ले प्रदेश नं. २ मा अन्य प्रदेशको तुलनामा बिद्यार्थीहरुको साक्षरता दर एकदमै न्युन रहेको बताउनुभएको छ । कानुनी पढाईका लागि प्रदेश सरकारले सहजकर्ताको भुमिका निर्वाह गर्ने समेत उहाँले बताउनुभएको छ । यस प्रदेशका शिक्षकहरु अन्य प्रदेशमा गएर अध्यापन गराउँदै आएको तर यसै प्रदेशमा साक्षरता दर कम भएकोमा आफु आश्चर्य चकित भएको झा को भनाई थियो ।
कार्यक्रममा सहभागी जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर रिता झाले जनकपुरधाममा ल को अनुमति दिलाउन आफ्नो अहम योगदान रहेको बताएकी थिईन । त्यस्तै, एन प्याबसनका केन्द्रिय अध्यक्ष रितु राज सापकोटाले प्रदेश २ को अस्तित्वलाई केन्द्र सरकारले स्वीकार्न नसक्दा आफ्लाई दुख लागेको बताउनुभएको छ ।
कार्यक्रममा सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, राजर्षिजनक बिश्वविद्यालयका उप कुलपति भरत मmा, जलेश्वर नगरपालिकाका मेयर रामाशँकर शाही, समाजसेवी अमरचन्द्र अनिल लगायतले शुभकामना दिनुभएको थियो ।
माननीय प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थज्यूले वडादशैं, शुभदिपावली तथा छठ पर्व, २०७५ को शुभअवसरमा दिनु भएको शुभकामना सन्देश
२० आश्विन २०७५ शनिवार ३ः००
आदरणीय महानुभावहरु,
नेपालीहरुको महान चाड वडा दशैं, शुभदिपावली तथा छठ पर्व, २०७५ को सुखद् अवसरमा यस प्रदेश नंं. २ तथा यस प्रदेशबाट स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदी बहिनी तथा दाजुभाईहरुमा सुख, शान्ति, समृद्धि, आपसी सदभाव, सहयोग र भाईचारा अभिबृद्धिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
अनुपम सांस्कृतिक वैभव र धरोहरका रुपमा रहेका हाम्रा यी चाडपर्वहरुले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधता बिचको अविच्छिन्न प्रगाढ एकता, सामाजिक सांस्कृतिक ऐक्यवद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवद्र्धन गर्न महत्वपूर्ण योगदान गर्दै आएका छन् । हाम्रा यी महान चाडपर्वले यस प्रदेशमा बसोवास गर्ने सबै जातजाति, वर्ण, भाषा, धर्म र सामाजिक एवम् सांस्कृतिक पहिचान बोकेका सबै नेपालीको लागि समान अवसरको ढोका खोली प्रादेशिक समृद्धि तथा अग्रगामी विकास हासिल गर्दै सामाजिक सद्भाव तथा आपसी भातृत्व कायम गर्न प्रेरित गरुन् भन्ने कामना गर्दछु ।
अन्तमा, संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिर्वतनका लागि यस प्रदेशका जनताका साथै सम्पूर्ण नेपाली जनताले पटक¬पटक गर्दैै आएका ऐतिहासिक जनआन्दोलन, सशस्त्र संघर्ष, त्याग र वलिदानको गौरवपूर्ण इतिहासलाई हृदयङ्गम गर्दै देशको समग्र विकासमा निरन्तर अग्रसर हुनको लागि सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुलाई शक्तिस्वरुपा दुर्गा भवानी, महालक्ष्मी तथा सुर्यदेवले आशिष प्रदान गरुन भन्ने सदिक्षा तथा भावनाका साथ वडादशैं, शुभदिपावली तथा छठ पर्व, २०७५ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
धन्यवाद !!