प्रदेशको परिचय

प्रदेश नं. २ को संक्षिप्त परिचय

संघीय गणतन्त्र नेपालको संविधान, २०७२ ले नेपाललाई एकात्मक राज्यप्रणालीबाट संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राष्ट्रको रूपमा संस्थागत रूपान्तरण गरेको छ । नयाँ संरचना अनुसार नेपाललाई  संघ, ७ प्रदेश र ७५३ स्थानीय तहमा पुनर्संरचित गरिएको छ ।यी सातवटा प्रदेश मध्ये नेपालको मध्य पूर्वी तराईका  सप्तरीदेखि पर्सासम्मका आठवटा जिल्लाहरु मिली बनेको प्रदेश नं. २ नेपालको सबैभन्दा सानो प्रदेश हो । समतल  भूभाग भएको यो प्रदेशले नेपालको प्रदेश १ र ३ तथा  भारतको बीचमा अवस्थित छ । मधेशी बाहुल्यता रहेको  यो प्रदेशमा अत्यधिक जनघनत्व रहेको   छ । यो कृषि, उद्योग, पर्यटन, भन्सारका लागि धेरै महत्वपूर्ण छ । तथापि यो जलविधुत आयोजना विहिन प्रदेश हो ।  यहांका प्रमुख बजारहरुमा बिरगंज, जनकपुर, राजबिराज, लाहान, मिर्चैया, जलेश्वर, बर्दिबास, मलंगवा, कैलैया, चन्र्दनिगाहपुर, सिमरा पर्दछन ।

अधिकार र पहिचानका लागि पटक पटक आन्दोलन भएको यो प्रदेशमा तराईका अधिकाशं जातजातिको बसोबास रहेको छ । शिक्षा, स्वास्थ्य तथा मानव विकास सुचकमा धेरै पछाडी परेको यो प्रदेश गरीबीले आक्रान्त छ ।

समथर भूभाग, धेरै जनसंख्या, उच्च प्रतिव्यक्ति आयु, प्रशस्त खेतीयोग्य जमिन, देशको कुल ग्रार्हस्थ उत्पादनमा  कृषि, मत्स्यपालन र उद्योगको क्षेत्रगत योगदान बढी रहेको यस प्रदेशमा समृद्धिका धेरै सम्भावनाहरु रहेका छन् ।

  • स्थापनाः असोज ३, २०७२
  • राजधानीः जनकपुर (अस्थायी)
  • कुल जनसंख्याः ५,४०४,१५४
  • कुल क्षेत्रफलः ९६६१ बर्ग कि.मी.
  • जनघनत्वः ५५९ प्रति वर्ग कि.मी.
  • मानव विकास सुचांकः ०.४८५ (न्युन)
  • प्रतिव्यक्ति आयः ९२२ USD
  • साक्षरताः ४९.५४ %
  • गरिबी : २८%
  • खानेपानीमा पहुँचः ९२.५%
  • विद्युतमा पहुँचः ५९.९%
  • कुल गार्हस्थ उत्पादनमा योगदानः १३%
  • जिल्लाहरुः सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा
  • संघीय निर्वाचन क्षेत्रः ३२
  • प्रदेश निर्वाचन क्षेत्रः ६४
  • स्थानीय निकायः १३६ (म.न.पा. १, उप म.न.पा. ३ , न.पा. ७३)

Copyright@2018 Office of the Chief State By IT Home