श्रीकृष्णले दिएको उपदेशलाई आत्मसाथ गर्नुपर्नेः प्रदेश प्रमुख कायस्थ

६ भदौ, जनकपुरधाम । प्रदेश नं. २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले भगवान श्रीकृष्णले दिएको उपदेशलाई अनुशरण गर्दै सत्कर्ममा लाग्नुपर्ने बताउनुभएको छ ।


श्री कृष्णाष्टमी पर्वको अवसरमा ब्रहमाकुमारी राजयोग सेवा केन्द्र जनकपुरले आयोजना गरेको उक्त कार्यक्रममा बोल्दै प्रदेश प्रमुख कायस्थले भगवान समय समयमा मानवको बिभिन्न रुप धारण गरी धर्तीमा प्रकट हुने गरेको र मानव जातिलाई सत्कर्ममा हिड्न प्रेरित गर्दै आईरहेको बताउनुभयो ।


उहाँले मानव जातिलाई फलको चिन्ता नगरी कर्म गर्दै गए समाज तथा राष्ट्रको कल्याण हुने धारणा समेत राख्नु भएको छ । साथै भगवान श्री कृष्णको जस्तै असत्यलाई त्यागेर सत्यको मार्गमा हिँडे समस्त मानव जातिको कल्याण हुने समेत बताउनुभयो । जबसम्म धर्तीमा अन्याय अत्याचार र पाप भईरहन्छ तबसम्म कुनै न कुनै रुपमा भगवानको धर्तीमा आगमण भईरहने कुरा हिन्दु ग्रन्थहरुमा उल्ल्ेख रहेको स्मरण समेत गराउनुभयो ।


कार्यक्रममा पुर्व मेयर बजरँग प्रसाद साहले बिश्वको सबैभन्दा ठूलो ग्रन्थ गीता रहेको र त्यसमा उल्ल्ेखित उपदेशहरुलाई अक्षरश पालना गर्न सके सम्पुर्ण मानव जातिको कल्याण हुने बताउनुभयो ।


त्यस्तै, प्रदेश साँसद परमेश्वर साहले धर्म तथा सत्यको रक्षा गर्न आफ्नो पराई हेर्न नहुने पाठ श्रीकृष्णले महाभारतमा सिकाएको उपदेशलाई भुल्न नहुने बताउनुभयो ।


यस्तै, गौ सँरक्षण मञ्चका अध्यक्ष जगदिश महासेठले भगवान अन्याय र पापको अन्त्यका लागि कुनै न कुनै रुपमा धर्तीमा प्रकट भए अनुसार नै कलयुगमा पनि हनुमान जी जिवित रहेको बताउनुभयो ।


कार्यक्रमको अध्यक्षता केन्द्रका सँचालिका सृजना दिदीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *