आज मिति २०७९ असोज १२ गते बुधवार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिवास कार्यालयले मधेश प्रदेशका प्रदेश प्रमुख समक्ष आ.ब. २०७८/७९ को बत्तिसौं वार्षिक प्रतिवेदन पेश गरेको छ । आयोगको बर्दिवास कार्यालयका प्रमुखज्यूको नेतृत्वमा आएको टोलीले संविधानको धारा २९४ को उपधारा (३) बमोजिम प्रदेश प्रमुख माननीय हरिशंकर मिश्र समक्ष प्रदेश प्रमुख कार्यालय, जनकपुरधाममा आयोजित एक समारोहमा आफ्नो प्रतिवेदन पेश गरेको हो ।

