आर्थिक वर्ष २०७७/७८ को आर्थिक कारोवारको लेखापरीक्षण सम्पन्न गरी तयार गरिएको महालेखापरीक्षकको ५९औं वार्षिक प्रतिवेदन, २०७९ सम्माननीय राष्ट्रपतिज्यू समक्ष मिति २०७९ आषाढ २९ गते दिनको २:०० बजे पेश गर्ने कार्यक्रम रहेको र सोही मिति र सोही समयमा महालेखा परीक्षकको कार्यालय नायब महालेखापरीक्षकले माननीय महालेखापरीक्षकको तर्फबाट माननीय प्रदेश प्रमुखज्यू समक्ष यस मधेश प्रदेशको महालेखापरीक्षकको चौंथो वार्षिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेकोले महालेखा परीक्षकको कार्लायका नायब महालेखापरीक्षक श्री पदमराज पौडेलको नेतृत्वमा आएको टोलीले संविधानको धारा २९४ को उपधारा (३) बमोजिम प्रदेश प्रमुख माननीय हरिशंकर मिश्र समक्ष प्रदेश प्रमुखको कार्यालय, मधेश प्रदेश, जनकपुरधाममा आयोजित एक समारोहमा आफ्नो वार्षिक प्रतिवेदन पेश भएको ।