आज २०७८ साल पौष २१ गते प्रदेश नम्बर दुईका मुख्य न्यायधिवक्ता दिपेन्द्र झाज्यूको नेतृत्वमा आएको टोलीले मुख्य न्यायधिवक्ताको कार्यालय र मातहतका कार्यालयको काम कारवाहीको विवरण, त्यसको प्रभावकारीता, हासिल गरेका सफलताहरु र कार्यसम्पादनमा आएका चुनौतीहरु एवम् गर्नुपर्ने सुधारका लागि सुझावहरु समेत समेटिएको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन माननीय प्रदेश प्रमुख हरि शंकर मिश्रज्यू समक्ष समक्ष पेश गरेको छ ।