अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिवास कार्यालयले प्रदेश नम्बर २ का प्रदेश प्रमुख समक्ष आ.ब. २०७७/७८ को वार्षिक प्रतिवेदन पेश

आज मिति २०७८ कार्तिक २९ गते सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिवास कार्यालयले प्रदेश नम्बर २ का प्रदेश प्रमुख समक्ष आ.ब. २०७७/७८ को वार्षिक प्रतिवेदन पेश गरेको छ । आयोगको बर्दिवास कार्यालय प्रमुख श्रीमान कृष्ण प्रसाद सापकोटाको नेतृत्वमा आएको टोलीले संविधानको धारा २९४ को उपधारा (३) बमोजिम प्रदेश प्रमुख माननीय हरिशंकर मिश्र समक्ष प्रदेश प्रमुख कार्यालय, जनकपुरधाममा आयोजित एक समारोहमा आफ्नो प्रतिवेदन पेश गरेको हो ।
    

Leave a Reply

Your email address will not be published. Required fields are marked *