प्रदेश नं.२ का मुख्य न्यायधिवक्ताज्यूद्वारा आ.व. २०७६/७७ को वार्षिक प्रतिवेदन माननीय प्रदेश प्रमुखज्यू समक्ष प्रस्तुत

     आज पौष २ गते प्रदेश नम्बर दुईका मुख्य न्यायधिवक्ता दिपेन्द्र झाको नेतृत्वमा आएको टोलीले मुख्य न्यायधिवक्ताको कार्यालय र मातहतका कार्यालयको काम कारवाहीको विवरण, त्यसको प्रभावकारीता, हासिल गरेका सफलताहरु र कार्यसम्पादनमा आएका चुनौतीहरु एवम् गर्नुपर्ने सुधारका लागि सुझावहरुसमेत समेटिएको आर्थिक वर्ष २०७६/७७को वार्षिक प्रतिवेदन माननीय प्रदेश प्रमुख तिलक परियारसमक्ष समक्ष पेश गरेको छ ।
स्मरणीय छ, प्रदेशको मुख्य न्यायधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका अन्य शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७५ को धारा १३ बमोजिम आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र वार्षिक प्रतिवेदन पेश गर्नुपर्ने व्यवस्था भए बमोजिम मुख्य न्यायधिवक्ताको कार्यालयले प्रदेश प्रमुख समक्ष आफ्नो वार्षिक प्रतिवेदन पेश गरेको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *