वडादशैं, शुभदिपावली तथा छठ पर्व, २०७५ को शुभअवसरमा दिनु भएको शुभकामना सन्देश

माननीय प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थज्यूले वडादशैं, शुभदिपावली तथा छठ पर्व, २०७५ को शुभअवसरमा दिनु भएको शुभकामना सन्देश

२० आश्विन २०७५ शनिवार ३ः००

आदरणीय महानुभावहरु,
नेपालीहरुको महान चाड वडा दशैं, शुभदिपावली तथा छठ पर्व, २०७५ को सुखद् अवसरमा यस प्रदेश नंं. २ तथा यस प्रदेशबाट स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदी बहिनी तथा दाजुभाईहरुमा सुख, शान्ति, समृद्धि, आपसी सदभाव, सहयोग र भाईचारा अभिबृद्धिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

अनुपम सांस्कृतिक वैभव र धरोहरका रुपमा रहेका हाम्रा यी चाडपर्वहरुले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधता बिचको अविच्छिन्न प्रगाढ एकता, सामाजिक सांस्कृतिक ऐक्यवद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवद्र्धन गर्न महत्वपूर्ण योगदान गर्दै आएका छन् । हाम्रा यी महान चाडपर्वले यस प्रदेशमा बसोवास गर्ने सबै जातजाति, वर्ण, भाषा, धर्म र सामाजिक एवम् सांस्कृतिक पहिचान बोकेका सबै नेपालीको लागि समान अवसरको ढोका खोली प्रादेशिक समृद्धि तथा अग्रगामी विकास हासिल गर्दै सामाजिक सद्भाव तथा आपसी भातृत्व कायम गर्न प्रेरित गरुन् भन्ने कामना गर्दछु ।

अन्तमा, संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिर्वतनका लागि यस प्रदेशका जनताका साथै सम्पूर्ण नेपाली जनताले पटक¬पटक गर्दैै आएका ऐतिहासिक जनआन्दोलन, सशस्त्र संघर्ष, त्याग र वलिदानको गौरवपूर्ण इतिहासलाई हृदयङ्गम गर्दै देशको समग्र विकासमा निरन्तर अग्रसर हुनको लागि सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुलाई शक्तिस्वरुपा दुर्गा भवानी, महालक्ष्मी तथा सुर्यदेवले आशिष प्रदान गरुन भन्ने सदिक्षा तथा भावनाका साथ वडादशैं, शुभदिपावली तथा छठ पर्व, २०७५ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
धन्यवाद !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *