शुभकामना सन्देश

भगवान श्री कृष्ण जन्मनु भएको पावन दिनको सम्झनामा मनाईने श्रीकृष्ण जन्माष्ठमी पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीहरुमा सुख, शान्ति एवम् समृद्धिको कामना गर्दै शुभकामना व्यक्त गर्दछु ।
साथै बहुजातिय, बहुभाषिक, बहुसाँस्कृतिक विविधतायुक्त हाम्रो समाजलाई एकताको सुत्रमा आवद्ध गरी धार्मिक सहिष्णुता तथा सद्भाव कायम गर्न सहयोग पुर्याओस भन्ने सबैमा शुभकामना व्यक्त गर्दछु ।
मितीः २०७६ भाद्र ०५ गते बिहिवार ।