प्रदेश नम्बर २ को प्रदेश सभाबाट पारित भई आएका विधेयक ‘प्रदेश निजामती सेवाको गठन, संचालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७’ लाई आज मिति २०७७ साल माघ २८ गते माननीय प्रदेश प्रमुख तिलक परियारज्युले नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रमाणीकरण गर्नुभएको छ ।