प्रदेश नम्बर २ को प्रदेश सभाबाट पारित भई आएका दुईवटा विधेयकहरु ‘प्रदेश उद्योग व्यवस्थापनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ र ‘बालवालिकाको हक-अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’लाई आज मिति २०७७ पौष २९ गते माननीय प्रदेश प्रमुख तिलक परियारज्युले नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रमाणीकरण गर्नुभएको छ ।