प्रदेश सभाबाट पारित भई आएका दुईवटा विधेयकहरु प्रदेश अनुसन्धान व्यूरो विधेयक, २०७७ र प्रदेश दुग्घ विकास वोर्डको स्थापना र व्यवस्थापन गर्न बनेको विधेयक, २०७७ लाई आज २०७७ कार्तिक ४ गते माननीय प्रदेश प्रमुख श्री तिलक परियारज्यूले नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ ।