माननीय प्रदेश प्रमुख श्री सुमित्रा सुवेदी भण्डारीज्यूबाट प्रदेश लोक सेवा आयोग ऐन, २०७६ को परिच्छेद २, दफा ३ को उपदफा (२) बमोजिम गठित समितिको सिफारिस अनुसार सिरहा जिल्ला, सिरहा नगरपालिका वार्ड नं. १३ का स्थायी बासिन्दा श्री शिवराम यादवलाई प्रदेश लोक सेवा आयोगको अध्यक्ष पदमा नियुक्त गर्नु भएको छ ।